हिसानको निबन्ध लेखन प्रतियोगिता

समाधान संवाददाता २०८० पुष १२ गते १२:२६

पोखरा, ११ पुस
उच्च माविहरुको छाता संस्था (हिसान) गण्डकीले आयोजना गरेको प्रदेशस्तरीय निबन्ध लेखन प्रतियोगितामा पोखराको पालिखेचोकस्थित प्रतिभा माविकी छात्रा अनुष्का आचार्य प्रथम भएकी छन् ।

Advertisement


तालचोकस्थित डायमन्ड माविकी कला भुजेल द्वितीय र करुणानिधि एजुकेसन फाउन्डेसन (केफ)की कृतिका गौतमले तेस्रो स्थान हात पारे । मासबारको स्टेप बाइ स्टेप विद्यालयकी निशा पोखरेल चौथो बनिन् ।


विद्यार्थीमा भएको क्षमता बाहिर ल्याउने उद्देश्यले निबन्ध प्रतियोगिता आयोजना गरेको कार्यक्रम संयोजक तथा हिसान गण्डकीका सचिव डा. पुन्यप्रसाद शर्माले जानकारी दिए ।

गण्डकी हिसानका अध्यक्ष रमाकान्त बरालको अध्यक्षतामा भएको कार्यक्रममा हिसानका केन्द्रीय उपाध्यक्ष बाबुराम पन्तले विद्यार्थीको क्षमता बाहिर ल्याउन यस्ता गतिविधि आवश्यक पर्ने बताए । निबन्ध प्रतियोगिताका विजयीलाई हिसान गण्डकीको अधिवेशनको अवसरमा पुरस्कार प्रदान गरिनेछ ।

Advertisement

तपाईको प्रतिक्रिया