लिटल फ्लावर एकेडेमीमा आर्ट क्लब गठन

समाधान संवाददाता २०८० पुष १८ गते ११:०२

पोखरा ।
पोखरा २७ रिठेपानीमा रहेको लिटल फ्लावर एजुकेसनल एकेडेमीमा आर्ट क्लब गठन भएको छ । कक्षा १० की छात्रा रोजी गुरुङको नेतृत्वमा १३ सदस्यीय क्लब गठन भएको हो ।

Advertisement


क्लब उपाध्यक्षमा आन्जेन गुरुङ र आरित गुरुङ, सचिव जस्मिन भुजेल, कोषाध्यक्ष भविन विक र सहसचिवमा रोहित गुरुङ सर्वसम्वत बने । सदस्यमा प्रथा गुरुङ, अर्विन गुरुङ, रोयश गुरुङ, साइमन विक, रेश्मी परियार, अर्नव भण्डारी र सुनिश्मा जोशी छन् ।


प्रिन्सिपल विकल पौडेल संरक्षक तथा प्लस टु संयोजक विष्णुहरि पौडेल र अतिरिक्त क्रियाकलाप प्रमुख विचित्र न्यौपानेलाई सल्लाहकार चयन गरिएको छ । कार्यक्रममा प्राज्ञ नगेनसिंह ठकुरीले कला क्षेत्रमा उत्कृष्टता देखाउन आग्रह गरे ।


विद्यालय व्यवस्थापन समितिका निवर्तमान अध्यक्ष सुवेदार जगबहादुर गुरुङको अध्यक्षतामा भएको कार्यक्रममा व्यवस्थापन समितिका अध्यक्ष तिलकसिंह गुरुङ, विद्यालय सञ्चालक कार्यबाहक अध्यक्ष दीपेन्द्र राई, राइजिङ स्टार युवा क्लबका अध्यक्ष विष्णुप्रसाद गुरुङ, व्यवस्थापन समितिका सदस्यहरु तीर्थ अधिकारी, ओमबहादुर गुरुङ र निर्मला अधिकारी, विद्यालय इन्चार्ज रामप्रसाद अधिकारी लगायतले बोलेका थिए ।

Advertisement

तपाईको प्रतिक्रिया