अन्यमा कांग्रेसका श्रेष्ठ विजयी

समाधान संवाददाता २०८० माघ ११ गते १७:०९

पोखरा । राष्ट्रियसभा निर्वाचन अन्तर्गत गण्डकी प्रदेशबाट अन्य कोटामा कांग्रेसका किरणबाबु श्रेष्ठ विजयी भएका छन् । श्रेष्ठ एमालेका चक्रबहादुर पराजुलीलाई एक हजार ३ सय ३१ मतले पराजित गरेका हुन् ।

Advertisement

श्रेष्ठले ३ हजार ८ सय ८ मतभार पाए भने उनलाई स्थानीय तहतर्फ १ सय र प्रदेशसभा तर्फ ३६ जनाले मत दिएका थिए ।

पराजुलीले २ हजार ४ सय ७७ मतभार पाए । उनलाई स्थानीय तहतर्फ ६९ जना र प्रदेशतर्फ २२ जनाले मतदान गरेका थिए ।

अन्य कोटामा गठबन्धनको स्थानीय तहतर्फ १ जनाले मत क्रस गरेका छन् ।

Advertisement

तपाईको प्रतिक्रिया