शैक्षिक गुणस्तर मापनमा विन्ध्यवासिनी मावि उत्कृष्ट प्रथम

समाधान संवाददाता २०८० माघ १४ गते ११:०२

पोखरा ।
पोखराको बाटुलेचौरमा रहेको विन्ध्यवासिनी माध्यमिक विद्यालय पोखरा महानगरपालिकाका सामुदायिक विद्यालयमध्ये उत्कृष्ट प्रथम हुन सफल भएका छ ।

Advertisement


शैक्षिक गुणस्तर परीक्षण केन्द्रको परीक्षणमा नेपाल भर प्रथम, शिक्षा विकास तथा मानवस्रोत विकास केन्द्रको परीक्षणमा नेपालभरि दोस्रो भएको सो विद्यालय पोखरा महानगरपालिका शिक्षा महाशाखा पोखराद्वारा २०७९ को एसइई परीक्षाको नतिजा विश्लेषण गर्दा पोखरा महानगरपालिकामा सञ्चालित ७९ सामुदायिक माध्यमिक विद्यालयमा औसत जिपिए ३.१८ प्राप्त गरी महानगर भित्रका सामुदायिक विद्यालयमा उत्कृष्ट नतिजासहित प्रथम भएको हो ।


पोखरा १२ मा सञ्चालित अमरसिंह माविले ३.०८ जिपिए प्राप्त गरी दोस्रो र पोखरा १२ मै रहेको शीतलादेवी मावि ३.०७ जिपिए प्राप्त गरी तृतीय स्थान प्राप्त गर्न सफल भएको छ ।


शिक्षा विकास तथा समन्वय इकाई कास्कीको नतिजा विश्लेषणमा पनि प्रथम, द्वितीय र तृतीय क्रमश विध्यवासिनी मावि, अमरसिंह मावि, सितला मावि नै परेका छन् । कम्तीमा ५० जना परीक्षार्थी समावेस भएका सामुदायिक विद्यालयमध्ये माछापुच्छ्रे मावि भुर्जुङखोलाले २.९५ जिपिएसहित चौथो स्थान प्राप्त गरेको छ । लगातार उत्कृष्ट नतिजा ल्याउन सफल विन्ध्यवासिनी माविमा प्रयाप्त खेलकुद मैदान नहुँदा थोरै अंकले केन्द्रको मूल्यांकनमा प्रथम हुन रोकिएको हो ।


पर्याप्त खेलकुद मैदानको व्यवस्था गर्न विद्यालय व्यवस्थापन समितिलाई स्थानीय सरोकारवालाले सुझाव समेत दिएका छन् । स्थानीय चण्डीका आधारभूत विद्यालयलाई मर्ज गर्ने निर्णय सहित तयारी गरेको विद्यालयमा १ हजार ३ सय बढी विद्यार्थी छन् ।

Advertisement

तपाईको प्रतिक्रिया