विज्ञान शिक्षक समाजमा कीर्तिराज

पोखरा ।
विज्ञान शिक्षक समाज नेपाल, अन्नपूर्ण गाउँपालिकाको शुक्रबार भएको प्रथम अधिवेशनबाट कीर्तिराज ढकालको अध्यक्षतामा गाउँपालिका समिति गठन भएको छ । उपाध्यक्षमा ध्रुवप्रसाद अधिकारी, सचिवमा रीता खनाल, सहसचिवमा भोलानाथ पौडेल र कोषाध्यक्षमा शरद सुवेदी छन् ।
सदस्यमा गौतम सुवेदी, रामबहादुर गुरुङ, क्रिस्टोफर भट्टराई लगायत छन् । विज्ञान शिक्षक समाज नेपालको केन्द्रीय विधान बमोजिम प्रत्येक स्थानीय तह स्तरमा समेत कमिटी विस्तार गर्ने अभियान अन्तर्गत गाउँपालिका विज्ञान विषय समितिका संयोजक दीपकराज अधिकारीको अध्यक्षतामा भेला भएको हो ।
कार्यक्रममा अन्नपूर्ण गाउँपालिका शिक्षा अधिकृत बलराम भुगाइँले विज्ञान शिक्षकको पहलमा विद्यार्थीलाई खोज, अनुसन्धान र नवप्रवर्तनमा लाग्न प्रेरित गर्नुपर्ने जनाए । कक्षाकोठामा बिताएको समय उपलब्धिमूलक भयो कि भएन भनेर हरेक शिक्षकले आत्ममूल्यांकन गर्नुपर्ने बताए । विज्ञान शिक्षक समाज नेपाल, कास्की जिल्ला समितिका सदस्य हरिप्रसाद भण्डारीले विज्ञानका शिक्षक पाउनै मुस्किल भएको हालको अवस्थामा पेसामा आवद्ध भएका विज्ञान शिक्षकले आफ्ना विद्यार्थीलाई विज्ञानप्रति चासो बढाउन थप प्रयास गर्नुपर्नेमा जोड दिए ।
नवचिर्वाचित अध्यक्ष ढकालले विद्यालयमा विषयगत शिक्षकको कमी हुँदा विज्ञान नै नपढेको शिक्षकले समेत विज्ञान पढाउनुपर्ने वाध्यता भएको जनाए । उनले विद्यार्थी केन्द्रित विज्ञान क्रियाकलापको सञ्चालन, विज्ञानसँग सम्बन्धित विषयमा अन्तक्र्रिया तथा कार्यशालाको माध्यमबाट खोज एवं अनुसन्धानसम्म पुग्न अन्नपूर्ण गाउँपालिकाकासँग सहकार्य गरी उपलब्धिमूलक कार्यक्रम प्रस्तुत गर्ने बताए ।
तपाईको प्रतिक्रिया