पोखरा आदर्श स्कुलमा प्रतिभा प्रस्फुटन

समाधान संवाददाता २०८० माघ २१ गते १५:१४

पोखरा ।
पोखरा आदर्श सेकेन्डरी स्कुलमा विद्यार्थीहरुको प्रतिभा प्रस्फुटन कार्यक्रम शुक्रबार सम्पन्न भयो । विद्यालयका प्राचार्य फणीन्द्रप्रसाद अधिकारीको सभाध्यक्षतामा सम्पन्न उक्त प्रतियोगितात्मक कार्यक्रममा विभिन्न विधामा विद्यार्थीहरुले प्रतिभा प्रदर्शन गरेका थिए ।

Advertisement


कार्यक्रममा नृत्यतर्फ जुनियर लेभलतर्फ कक्षा २ का खुसी लुन्बाको समूह प्रथम, कक्षा ५ की एन्जिला बास्तोला द्वितीय र कक्षा ३ का करुणा गौतमको समूहले तृतीय स्थान हासिल गरे ।


सिनियर लेभलतर्फ कक्षा ८ का सुजृति आचार्यको समूह प्रथम ,कक्षा ७ का सुम्निमा राईको समूह द्वितीय र कक्षा ६ का हेलिन गुरुङको समूहले तृतीय स्थान प्राप्त गरे । कविता विधातर्फ कक्षा ५ की निश्मा पाइजा प्रथम र कक्षा ४ का अन्शुल कार्कीको समूहले द्वितीय स्थान हासिल गरे भने गायन विधातर्फ कक्षा ६ का विवेक ढकाल प्रथम, कक्षा ७ का विजय अधिकारी र अमन नेपालीको समूह द्वितीय र कक्षा १ का सिजल पोखरेलको समूहले तृतीय स्थान हासिल गरे।अभिनय विधातर्फ कक्षा ७ का सुदर्शन पौडेल प्रथम, कक्षा ३ का प्रनिल छेत्रीको समूह द्वितीय र कक्षा ५ का आरभ दाहालको समूहले तृतीय स्थान हासिल गरेका थिए ।


प्रतियोगितामा निर्यायक संयोजक एवं सहप्राचार्य ज्ञानेश्वर सुवेदी र सदस्यहरुमा नृत्य निर्देशक माधव सुनार र नेपाली भाषा शिक्षक सावित्री कार्की थिए । कार्यक्रममा निर्यायककद्वय ज्ञानेश्वर सुवेदी र माधव सुनारले गीत एवं नृत्य प्रस्तुत गरेका थिए । उक्त प्रतिभा प्रस्फुटन कार्यक्रमको संचालन कार्यक्रम संयोजक एवं विद्यालयका अतिरिक्त कार्यकलाप प्रमुख तिलक बरालले गरेका थिए ।

Advertisement

तपाईको प्रतिक्रिया