इन्द्रराज्यल्क्ष्मी माविमा वार्षिक समीक्षा
पोखरा ।
पोखरा १६, लामाचौर अवस्थित इन्द्रराज्यलक्ष्मी मा.वि.मा विद्यालय व्यवस्थापन समिति गठन भएको एक वर्षको समयावधि पूरा भएको सन्दर्भमा विद्यालय व्यवस्थापन समितिले आफूले एक वर्षमा गरेका कामहरू वा बैठक निर्णयहरूको समीक्षा गर्ने कार्य सम्पन्न गरेको छ ।
विद्यालय व्यवस्थापन समितिका अध्यक्ष दिलबहादुर थापाको अध्यक्षतामा सम्पन्न समीक्षा कार्यक्रममा सप्पन्न भयो । अध्यक्ष दिलबहादुर थापाले विद्यालयको चौतर्फी विकासका लागि सबै एकजुट भएर तनमनका साथ लाग्नुपर्ने कुरामा जोड दिएका थिए ।
उक्त कार्यक्रममा विद्यालयका प्रधानाध्यापक तथा विद्यालय व्यवस्थापन समितिका सदस्य सचिव केशवप्रसाद अम्गाईले विद्यालय व्यवस्थापन समिति गठन भएको एक वर्षको अवधिमा २४ वटा नियमित र ५ वटा विशेष बैठक गरी २९ वटा बैठक सम्पन्न भएका र उक्त बैठकहरूमा भएका निर्णयहरूको कार्यान्वयनको अवस्थाका बारेमा जानकारी गराए ।
उक्त कार्यक्रममा विद्यालय व्यवस्थापन समिति सदस्य तथा अनुगमन समितिका संयोजक चित्रबहादुर थापाले विद्यालय व्यवस्थापन समिति मातहतका सम्पूर्ण समिति,विद्यालय प्रशासन, शिक्षक, कर्मचारी एक ढिक्का भएमा विद्यालयको शैक्षिक गुणस्तर अभिवृद्धि हुने कुरामा जोड दिए । उक्त कार्यक्रममा शिक्षक अभिभावक संघका अध्यक्ष राजकुमार क्षेत्रीद्वारा विद्यालय व्यवस्थापन समितिका अध्यक्ष दिलबहादुर थापालाई विद्यालयको सामाजिक परीक्षण प्रतिवेदन हस्तान्तरण गरेका थिए ।
वार्षिक समीक्षा कार्यक्रम विद्यालय व्यवस्थापन समिति, शिक्षक अभिभावक संघका अध्यक्षको प्रतिनिधित्व, सहायक प्रअद्वय पूर्णभद्र अधिकारी (शैक्षिक), बलबहादुर श्रेष्ठ (प्रशासनिक), लगायत विद्यालय प्रशासनको सहभागितामा सम्पन्न भएको कुरा विद्यालयका सूचना अधिकारी सीता पौडेलले जानकारी गराए ।
तपाईको प्रतिक्रिया