वार्षिकोत्सव तयारीमा हेमजा बोर्डिङ
पोखरा ।
हेमजा बोर्डिङ स्कुल पोखरा २५ हेमजाले २८ औं वार्षिकोत्सव, अभिभावक दिवस मनाउने भएको छ । फागुन १ र २ गते दुइ दिन वार्षिकोत्सव मनाउनका लागेको विद्यालयका संस्थापक प्रिन्सिपल केशवशरण पौडेलले जानकारी दिए । ‘विश्वव्यापी महामारी कोरनाका कारण लामो समय विद्यालयको वार्षिकोत्सव कार्यक्रम हुन सकेन’ प्रिन्सिपल पौडेलले भने, ‘वार्षिकोत्सवलाई व्यवस्थित तवरले सम्पन्न गर्नका लागि दुई दिनको कार्यक्रम तय गरेका छौं ।’
कार्यक्रममा विगत ४ वर्षको शैक्षिक तथा २ वर्षको अतिरिक्त क्रियाकलापको पुरस्कार वितरण तथा साँस्कृति कार्यक्रम छ । फागुन १ गते नर्सरीदेखि कक्षा ३ सम्म र फागुन २ गते कक्षा ४ देखि १० सम्मको कार्यक्रम तय गरिएको छ ।
वार्षिकोत्सवमा यस विद्यालयबाट एसएलसी र एसइई उत्तीर्ण गरी उच्च तहमा पुगेका पूर्व विद्यार्थीलाई सम्मान गर्ने कार्यक्रम छ । वार्षिकोत्सवलाई सफल बनाउनका लागि यस अघि विद्यालयले भूपू विद्यार्थीको भेला समेत आयोजना गरेको छ ।
वार्षिकोत्सवलाई व्यवस्थित गर्नका लागि विभिन्न उपसमिति गठन गरेको विद्यालयका संस्थापक माधवशरण पौडेलले जानकारी दिए । वार्षिकोत्सवको पूर्व सन्ध्यामा अभिभावका खेल तथा भूपू विद्यार्थीका खेल पनि समावेश गरिएको खेल शिक्षक विष्णु कुँवरले जानकारी दिए ।
तपाईको प्रतिक्रिया