साइनिङ स्टार स्कुल २५ वर्षमा

समाधान संवाददाता २०८० माघ २२ गते १५:५९

पोखरा ।
पोखरा ६ लेकसाइड स्थित साइनिङ स्टार बोर्डिङ स्कुल २५ औं वर्षमा प्रवेश गरेको छ । यसको अवसरमा विद्यालयले विभिन्न कार्यक्रम आयोजना गरेको छ ।

Advertisement


सोही अन्तर्गत आइतबारम रक्तदान भएको छ । कार्यक्रममा ३६ युनिट रगत संकलन भयो । पोखरा वडा ६ का वडाध्यक्ष विष्णुबहादुर भट्टराईले पहिलो रक्तदाता विद्यालयका पूर्व विद्यार्थी सलिल बराललाई ब्लडब्याग हस्तान्तरण गर्दै कार्यक्रम उद्घाटन गरेका थिए ।


भट्टराईले पर्यटकीय क्षेत्र लेकसाइडमा रहेको विद्यालयले पर्यटन मैत्री शिक्षामा जोड दिनुपर्ने बताए । साथै वडाले गर्न लागेको बारिष्ठा तालिमका लागि विनियोजित ४ लाख रुपैयाँ विद्यालयसँगको सहकार्यमा खर्चिने उनले जनाए ।


विद्यालयका प्राचार्य अर्जुनप्रसाद पाण्डेले साइनिङ स्टार विद्यालयले शैक्षिकसँगै व्यवहारिक शिक्षालाई पनि जोड दिंदै आएको जनाए ।

सो अवसरमा विद्यालयका सल्लाहकार विष्णुहरि अधिकारी, व्यवस्थापन समिति सदस्य फत्तबहादुर थापा, लालबहादुर कुँवर, बसन्त बैठक टोल विकास संस्थाका तुल्सी दाहाल, जगदम्बा आमा समूहका हेमा पहारी, कार्यक्रम संयोजक विमर्श कुँवर, विद्यार्थीद्वय सजिना राई र रश्मि विक र विद्यालयकी संस्थापक बबिता भण्डारीले बोलेका थिए ।

Advertisement

तपाईको प्रतिक्रिया