विन्ध्येश्वरी स्कुलमा हिज्जे प्रतियोगिता
पोखरा ।
विन्ध्येश्वरी आदर्श बोर्डिङ स्कुल पोखरामा हिज्जो प्रतियोगिता एवं अंग्रेजी वादविवाद भएका छन् । वादविवादमा मावि तहमा कक्षा ९ की छात्रा अनिता विक प्रथम, कक्षा ८ की अंशु भुजेल द्वितीय र सोही कक्षाकी छात्रा प्रसंशा कार्की तृतीय भए ।
आधारभुत (सिनियर) तर्फ कक्षा ७ की छात्रा मञ्जिसा भुजेल प्रथम र कक्षा ६ का छात्र विनायक गिरी द्वितीय भएका छन् । प्रावि तह अंग्रेजी हिज्जे प्रतियोगितामा रातो सदन ‘क’ बाट कक्षा ५ का छात्र आदित्य लम्साल, कक्षा ५ की छात्रा श्रीषा तिमिल्सिना, कक्षा २ का छात्र अंकित मन्नाको समूह प्रथम, रातो सदन ‘ख’ बाट कक्षा ४ की छात्रा सुजना परियार, कक्षा ३ का छात्र विश्वास थापा, कक्षा २ का छात्र उत्कर्ष विष्टको समूह द्वितीय र हरियो सदनबाट कक्षा ४ की छात्रा केन्जल जिसी, कक्षा ३ की छात्रा दीया क्षेत्री, कक्षा ५ का छात्र सन्देश तामाङको समूह तृतीय बने ।
विद्यालयका प्राचार्य कृष्णकुमार श्रेष्ठले विजेतालाई पुरस्कार तथा प्रमाणपत्र वितरण गरे ।
तपाईको प्रतिक्रिया