मन्त्रालय नटुङ्गिएपछि रवि, उपेन्द्र र वर्षामानले सपथ नलिने, पदम डिपी र तामाङको सपथ आजै

पोखरा ।
प्रचण्डको नेतृत्वमा गठन हुन लागेकाे नयाँ सरकारमा सत्तारुढ बन्न लागेका दलका ठुला नेताले आज सपथ नलिने भएका छन् । सरकारमा सहभागी हुने ठुला नेताकाे मन्त्रालय नटुङ्गिएकाले उनीहरुले आजै सपथ नलिने भएका हुन् ।
जनता समाजवादी दलबाट उपेन्द्र यादव, माओवादी केन्द्रबाट वर्षामान पुन र रास्वपाबाट रवि लामिछानेले सरकारमा सहभागी बन्ने कुरा थियाे । तर मन्त्रालय नटुङ्गिएकाले आज दाेश्राे दर्जाका नेतालाई सरकारमा सहभागी बनाइदै रहेकाे श्रोतले बतायो ।
सोमबार बिहान बसेको सत्ता गठबन्धनको बैठकले एमालेबाट पदम गिरी, माओवादी केन्द्रबाट हितबहादुर तामाङ र रास्वपाबाट डिपी अर्याललाई मन्त्री बनाउने निर्णय गरेको माओवादीका उपमहासचिव वर्षमान पुनले जानकारी दिएका छन् ।
उनका अनुसार अरू शीर्ष नेताहरू मन्त्रालयको टुंगो लागेपछि सरकारमा सहभागी हुनेछन्।
गिरी पर्वत, तामाङ नुवाकोट-१ र अर्याल रास्वपाबाट सामानुपातिकमा निर्वाचित सांसद हुन्। यसअघि माओवादीबाट पुन र रास्वपाबाट सभापति रवि लामिछाने आजै सरकारमा सहभागी हुने तयारी भएको थियो।
तर मन्त्रालयको भागबण्डा र मन्त्रीहरूको वरियता नटुंगिएसम्म शीर्ष नेताहरू सहभागी नहुने निर्णय भएपछि यी तीन नेता सरकारमा सहभागी हुन लागेका हुन्। यी तीन मन्त्रीको शपथ आजै हुने पुनले जानकारी दिए।
तपाईको प्रतिक्रिया