गण्डकीमा सत्ता संकट
माओवादीले समर्थन फिर्ता लिने, केन्द्रको निर्देशन पर्खदै
समाधान संवाददाता
२०८० फागुन २२ गते ११:२२

पाेखरा ।
मुख्यमन्त्री सुरेन्द्र पाण्डेले आफ्ना कोटाका मन्त्री बर्खास्त गरिदिएपछि नेकपा माओवादी केन्द्रले पाण्डे सरकारलाई दिएको समर्थन फिर्ता लिने भएको छ ।
मुख्यमन्त्री पाण्डेले माओवादी केन्द्रका मन्त्रीहरुलाई जानकारी समेत नदिई सामाजिक विकास मन्त्री सुशील सिम्खडा र भौतिक पूर्वाधार तथा यातायात मन्त्री रेशमबहादुर जुग्जालीलाई पदबाट हटाएका थिए ।
हामीले समर्थन फिर्ता लिएकै थिएनाै, जानकारी समेत नदिई बर्खास्त मुख्यमन्त्रीले बर्खास्त गर्नु भएछ– माओवादी गण्डकी प्रदेश संसदीय दलका नेता हरिबहादुर चुमानले समाधानसँग भने । उनका अनुसार सरकारलाई दिएकाे समर्थन माओवादीले फिर्ता लिने तयारी गरेको छ ।
माथिको निर्देशन कुरेर बसेका छाै, निर्देशन आउनासाथ सरकारलाई दिएको समर्थन फिर्ता लिइहाल्छाै– चुमानले भने ।
सम्बन्धित
तपाईको प्रतिक्रिया