लिटिल स्टेपमा बिदाइ

समाधान संवाददाता २०८० फागुन २९ गते ११:१०

पोखरा ।
लिटिल स्टेप माध्यमिक विद्यालय, सिमलचौरमा कक्षा ९ का विद्यार्थीले एसइई परीक्षा २०८० को तयारीमा जुटेका विद्यार्थीलाई बिदाइ गरेका छन् । कक्षा ९ का विद्यार्थी उज्ज्वल आचार्यको सभापतित्वमा भएको कार्यक्रममा पोखरा लिंकन इन्टरनेसनल कलेज एवं लिटिल स्टेप माविका संस्थापक तथा व्यवस्थापन समिति पूर्व अध्यक्ष शेरबहादुर गुरुङ, संस्थापक प्राचार्य श्रद्धेय पम्फा गुरुङ, सिएओ अनिलकुमार अर्याल, विद्यालय संयोजक विनोद गिरी, ताराप्रसाद सुवेदी, चित्रबहादुर अधिकारी, बाबुराम पौडेल लगायतले बोलेका थिए ।

Advertisement


विविध नेपाली मौलिक सांस्कृतिक कार्यक्रमसहित भएको समारोहमा कक्षा ९ की छात्रा क्रेशा गुरुङले स्वागत र एसइई परीक्षार्थीकोतर्फबाट आयुषा सुवेदीले धन्यवाद ज्ञापन गरे ।

कार्यक्रममा कक्षा ९ का विद्यार्थीको तर्फबाट एसइई दिने परीक्षार्थीलाई मायाकोे चिनो प्रदान गरिएको थियो । कार्यक्रम कक्षा ९ का विद्यार्थीद्वय नित्यन्त थापा एवं सज्जन घर्तीमगरले गरेका थिए ।

तपाईको प्रतिक्रिया