दीपक मनाङे भौतिक मन्त्री बन्दै, आजै शपथ
समाधान संवाददाता
२०८० चैत ५ गते १३:३९

पोखरा ।
आइतबार मात्र एकीकृत समाजवादी त्यागेर स्वतन्त्र बनेका सांसद राजीव गुरुङ उर्फ दीपक मनाङे मन्त्री बन्ने पक्का भएको छ । उनलाई मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले आजै मन्त्री बनाउने तयारी गरेको उच्च स्रोतले बताएको छ ।
उनलाई मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयको जिम्मेवारीमा मन्त्री बनाउने तयारी गरेका हुन् । मनाङे स्वतन्त्र चुनाव जितेर पछि एकीकृत समाजवादी प्रवेश गरेका थिए । तर, आइतबार उनले एकीकृत समाजवादी पार्टी परित्याग गरेका थिए ।
सम्बन्धित
तपाईको प्रतिक्रिया