वेद विद्याश्रममा छन्दोबद्ध कविता प्रतियोगिता
पोखरा ।
पोखरा चिसाखोला वेद विद्याश्रम पोखरा–१८, कास्कीले २५ वर्ष पूरा गरेको अवसर पारेर प्रदेशव्यापी प्रतियोगितात्मक छन्दबद्ध कविता प्रतियोगिता आयोजना गरेको छ ।
चैत २५ गतेसम्म कविता दर्ता गर्न र छनोट भएका १० जनाको कविता वाचनका लागि २०८० चैत ३० गते वेद विद्याश्रमको प्राङ्गणमा आह्वान गरेको प्रदेशस्तरीय छन्दोबद्ध खुला कविता प्रतियोगिता कार्यक्रमका संयोजक प्राडा जगन्नाथ रेग्मीले जानकारी दिए ।
यसै अवसरमा वेद विद्याश्रमले ९० वर्ष पूरा भएका ज्येष्ठ नागरिकहरुलाई सम्मान पत्र, दोसल्ला र नगद १५ सय रुपैयाँले सम्मान गर्न लागेको छ । नागरिकता प्रमाणपत्रको फोटोकपी, २ प्रति पासपोर्ट साइजको फोटोसहित नाम दर्ता गर्न चैत २७ गतेसम्म निर्धारण गरिएको छ ।
कविता प्रतियोगितामा प्रथम, द्वितीय हुनेको कविता र ज्येष्ठ नागरिकको पारिवारिक विवरणसहित रजत स्मारिका २०८० मा प्रकाशन गर्न लागिएको कुरा स्मारिका प्रकाशन संयोजक तथा संस्थाका सचिव गंगासागर उपाध्यायले जानकारी दिए ।
तपाईको प्रतिक्रिया