गण्डकीको मुख्यमन्त्रीमा खगराज अधिकारी नियुक्त
समाधान संवाददाता
२०८० चैत २५ गते १३:०२

पाेखरा ।
गण्डकी प्रदेशको मुख्यमन्त्रीमा खगराज अधिकारी नियुक्त भएका छन् ।
गण्डकी प्रदेशका प्रदेश प्रमुख डिल्लीराज भट्टले एमाले संसदीय दलका नेता खगराज अधिकारीलाई मुख्मन्त्री नियुक्त गरेको पत्र दिएको श्रोतले बताएकाे छ ।
आजै नेता अधिकारीले एमालेका २२, माओवादी केन्द्रका ८ र राजीव गुरुङ गरी ३१ जनाको समर्थनको पत्र प्रदेश प्रमुखलाई बुझाउदै नयाँ सरकारको दावी पेश गरेका थिए ।
साेही दावी अनुसार प्रदेश प्रमुखले धारा १६८ को उपधारा २ बमोजिम अधिकारीलाई मुख्यमन्त्री नियुक्त गरेका हुन् ।
उनको आजै सपथ हुने जानकारी श्राेतले दिएकाे छ ।
सम्बन्धित
तपाईको प्रतिक्रिया