सञ्चयकाे रजत जयन्ती, शैक्षिक सामाग्री हस्तान्तरण

पोखरा ।
सञ्चय बहुउद्धेश्यीय ऋण तथा बचत सहकारी संस्था लिमिटेडको रजत जयन्तीको अवसरमा भित्ते पात्रो लोकार्पण, शैक्षिक सामाग्री हस्तानतरण कार्यक्रमका पोखरामा संपन्न भएको छ।
साे सहकारीले कास्की नेत्रहीन संघलाई शैक्षिक सामाग्रिस्वरूप ४० हजार रुपैया बराबरको १७ रिङ ब्रेल पेपर, ३० थान स्लेट र ४० थान स्टालस हस्तान्तरण गरेको हो । ती सामाग्री सहकारीका अध्यक्ष गणेश थापाले कास्की नेत्रहीन संघका अध्यक्ष शृकान्त सापकोटालाई हस्तान्तरण गर्नुभयो।
अध्यक्ष थापाले आफ्नो रजत्जयन्तीको अवसरमा यो किसिमको सहयोग गर्न पाउँदा खूशी व्यक्त गर्नु भएको थियो भने शैक्षिक सामाग्रि ग्रहण गर्दै कास्की नेत्रहिन संघका अध्यक्ष सापकोटाले यी शैक्षिक सामाग्रिबाट कास्कि भित्रका दृष्टिसंबन्धि अपाङ्गता भएका विषेषतः कलेज पढ्ने विध्यार्थीहरू प्रतक्ष लाभान्वित् हुने बताउँदै यो महत्वपूर्ण सहयोगकालागी सिङ्गो सहकारीप्रती आभार व्यक्त गर्नु भएको थियो।
यसैबिच सहकारीको भित्तेपात्रो लोकार्पण पनि गरिएको थियो भने उक्त कार्यक्रमका सहभागीहरुले आपसमा नयाँ वर्ष २०८१ सालको उपलक्षमा शुभकामना आदान प्रदान समेत गरेका थिए। कास्की नेत्रहिन संघका अध्यक्ष शृकान्त सापकोटाको प्रमुख आतिथ्यतामा गणेश थापाको अध्यक्षतामा कार्यक्रम संपन्न भएको थियो।
तपाईको प्रतिक्रिया