इलाम-२ अपडेट
इलाम–२ मा अघि बढे नेम्बाङ

इलाम ।
इलाम–२ को शनिबार भएको उपचुनावको मतगणना जारी छ। पछिल्लो मत परिणाम अनुसार एमाले उमेदवार सुहाङ नेम्वाङ इलाम २ को निर्वाचनमा अघि लागेका छन्। फाकफोकथुम गाउँपालिका वडा नम्बर १, २, ३ र ४ को गणना सम्पन्न भएको छ। कांग्रेस उमेदवार डम्बर खड्कालाई नेम्बाङले ३४६ मतले पछि पारेका छन् ।
नेम्वाङले २५४२ मत ल्याएका छन्। खड्काले २१९७ मत ल्याएका छन्। फाकफोकथुम गाउँपालिकाको वडा नम्बर १, २, ३ र ४ को मतगणना सकिँदा नेकपा एमालेका सुहाङ नेम्वाङले अग्रता लिएका हुन्।
स्वतन्त्र उम्मेदवार डकेन्द्र लिम्बुले ५९३ मत पाउँदा रास्वपाका मिलन लिम्बुले ३ सय ७९ मत पाएका छन् ।
फाकफोकथुम गाउँपालिकाको वडा नम्बर १, २, ३ र ४ को मतगणना सकिँदा नेकपा एमालेका सुहाङ नेम्वाङले अग्रता लिएका छन्।
२०७९ मा भएको प्रतिनिधि सभा चुनावमा इलाम २ मा एमाले उम्मेदवार सुवास नेम्वाङले ३० हजार २० मत ल्याएर निर्वाचित भएका थिए भने कांग्रेसका उम्मेदवार डम्बर खड्काले २९ हजार ९ सय ६ मत ल्याएका थिए। त्यसबेला खड्का तत्कालीन सत्ता गठबन्धनबाट साझा उम्मेदवार थिए।
तपाईको प्रतिक्रिया