महेन्द्र माविमा रुद्रमधु गोविन्द अक्षयकोष स्थापना

समाधान संवाददाता २०८१ वैशाख १७ गते १५:५७

पोखरा ।
पोखरा महानगरपालिका वडा नम्बर २० स्थित महेन्द्र माध्यमिक विद्यालयमा एक लाख ११ हजार १११ रुपैयाँको रुद्रमधु गोविन्द अक्षयकोष स्थापना गरिएको छ । विद्यालयका पूर्व शिक्षक समाजसेवी स्व.गोविन्दप्रसाद पौडेल र उनका बुबाआमा स्व.रुद्रनाथ पाध्या र स्व.मधुमायाको स्मृतिमा परिवारजनका तर्फबाट विद्यालयको ६४ औं वार्षिकोत्सवका अवसरमा अक्षयकोष स्थापना गरिएको हो ।

Advertisement


गरिब तथा जेहेन्दार विद्यार्थीलाई अक्षयकोष रकमको ब्याजबाट प्रोत्साहन छात्रबृत्ति प्रदान गरी विद्यालयले सञ्चालन गर्ने उक्त अक्षय कोषको संरक्षक वेदकुमारी पौडेल छन् भने संस्थापकद्वयमा महेश पौडेल र सुजनबाबु पौडेल छन् ।


बुबा गोविन्दप्रसाद पौडेलले ३५ वर्ष महेन्द्र माविमा अध्यापन गराभएको र आफूहरू चारजना दाजुभाइ दिदीबहिनी समेतले यसै विद्यालयमा अध्ययन गरेको अक्षयकोषका संस्थापक महेश पौडेलले बताए । उनले बुबासँगै हजुरबुबा र हजुरआमा समेतको स्मृतिमा अक्षयकोष राखिएको जानकारी दिए ।


स्व.पौडेल शिक्षण पेशाबाट अवकासपछि पनि सो विद्यालयको व्यवस्थापन समितिको सदस्य, भवन निर्माणको समितिको संयोजक लगायत जिम्मेवारी समेत निर्वाह गरेका थिए ।


व्रह्माण समाज नेपालको पूर्व केन्द्रीय सदस्य, विश्व हिन्दु परिषद् कास्कीको पूर्व सल्लाहकार, फामर्स फोरा कास्कीको संस्थापक अध्यक्ष, पौडेल आत्रेय समाज भलामको उपाध्यक्ष, नेपाल राष्ट्रिय शिक्षक संगठनलगायत विभिन्न सामाजिक संस्थामा रही सामाजिक सेवाका क्षेत्रमा पौडेल क्रियाशील थिए । २००८ साल वैशाख १७ गते जन्मिएका स्व.पौडेलको सोमबार ७४ औं जन्मजयन्ती हो ।

Advertisement

तपाईको प्रतिक्रिया