गण्डकीमा राप्रपाले सभामुख पनि नखाने

समाधान संवाददाता २०८१ वैशाख २१ गते ११:३८

पोखरा ।

Advertisement

केन्द्रीय सत्ता गठबन्धन विरुद्ध कडा ढंगले प्रस्तुत भएको राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपाले गण्डकी प्रदेशका लागि पनि साेही नीति अबलम्बन गर्ने भएको छ ।

राप्रपाले नेकपा एमालेका संसदीय दलका नेता खगराज अधिकारीलाई विश्वासको मत नदिए पनि सभामुखको पद लिएर अप्रत्यक्ष रुपमा सहयोग गर्न सक्थ्यो । सत्ता गठबन्धनले दिएकाे यो प्रस्ताव पनि राप्रपाले अस्वीकार गरेको छ ।

वागमती र कोशीमा राप्रपाका सांसद सभामुखको जिम्मेवारीमा छन् । गण्डकीमा पनि राप्रपाका सांसद सभामुख बनिदिने हो भने अहिलको सत्ता गठबन्धनसँग ३१ सांसद पुग्थे ।

तर राप्रपाले सत्ता गठबन्धनको यो प्रस्ताव पनि अस्वीकार गरेको राप्रपाका प्रचार विभाग प्रमुख तथा प्रवक्ता मोहन श्रेष्ठले समाधानलाई बताए ।

Advertisement

हामी यो गठबन्धनलाई कुनै खालको सहयोग नगर्ने निर्णय गरेका छौ, सभामुखको प्रस्ताव स्वीकार गर्ने कुरै भएन– राप्रपाको केन्द्रीय कार्यसम्पादन समितिको बैठक पनि प्रवक्ता श्रेष्ठले समाधानसँग भने ।

यद्यपी सर्वोच्चको पछिल्लो फैसला अनुसार राप्रपाले समर्थन नगरे पनि आफ्नाे पक्षमा बहुमत समर्थन रहेको सत्ता पक्षले दावी गर्दै आएको छ । सभामुख बाहेक ५९ जनामा ३० बहुमतको संख्या भएकाे सर्वोच्चको आदेश छ भन्दै मुख्यमन्त्री अधिकारीले विश्वासको मत लिने तयारी गर्दैछन् ।

तपाईको प्रतिक्रिया