विन्ध्येश्वरी स्कुलमा चित्रकला प्रतियोगिता सम्पन्न

समाधान संवाददाता २०८१ जेठ १ गते १६:५५

पोखरा ।

Advertisement

विन्ध्येश्वरी आदर्श बोर्डिङ स्कुलमा कक्षा २ देखि कक्षा १० सम्मका विद्यार्थीबिच चित्रकला प्रतियोगिता भएको छ ।


आधारभूत जुनियर तहमा कक्षा ३ बाट मौ भौमिक प्रथम, सोही कक्षाका अंकित मन्ना द्वितीय र कक्षा २ बाट रञ्जन सुनार तृतीय बने । सोही तहमा कक्षा ५ बाट एलेक्स कुँवर प्रथम, कक्षा ४ बाट सौरभ पोख्रेल द्वितीय र कक्षा पाँचबाट दिप्सन न्यौपाने तृतीय भए ।


आधारभूत सिनियर तहमा कक्षा ७ बाट क्रमशः अर्चना रत्न प्रथम, उपासना रेग्मी द्वितीय र विनायक गिरी तृतीय हुँदा मावि कक्षा १० बाट लुनिभा कपाली प्रथम, साइना बुद्धाचार्य द्वितीय र सौरभमान शाक्य तृतीय ठहरिए ।

प्रतियोगिताको निर्णायकमा आर्ट शिक्षक अनिता थापा थिइन् । स्कुलका प्रिन्सिपल कृष्णकुमार श्रेष्ठले विजेतालाई पुरस्कार वितरण गरे ।

Advertisement

तपाईको प्रतिक्रिया