विपक्षीको नाराबाजीकाबिच प्रतिनिधि सभा बैठक सुरु, प्रधानमन्त्रीले मागे विश्वासको मत

समाधान संवाददाता २०८१ जेठ ७ गते १२:३०

पोखरा ।

Advertisement

प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस लगायतका विपक्षी दलहरुको नाराबाजीका वावजुद प्रतिनिधि सभाको बैठक सुरु भएकाे छ ।

विपक्षीहरुले नाराबाजी जारी राखेको भए पनि प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले राेष्ट्रममै उभिएर विश्वासको मत मागेका छन् ।

उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेमाथि छानबिन गर्न संसदीय समितिको माग गर्दै कांग्रेसले बेल घेराउ गरिरहेकै अवस्थामा प्रधानमन्त्री मर्यादापालकको कडा सुरक्षाबीच रोष्ट्रम पुगेका थिए । उनले सम्बोधन सकेपछि दलका प्रतिनिधिहरुले सम्बाेधन गर्दै छन् ।

प्रधानमन्त्रीकाे समर्थनमा एमालेका नेता विष्णु पाैडेलले सम्बोधान गरिरहेका छन् ।

Advertisement

तपाईको प्रतिक्रिया