एमालेका विष्णु पौडेलले मात्र बाेलेर सकियाे विश्वासको मत माथिको छलफल, मत विभाजन प्रकृया सुरु

समाधान संवाददाता २०८१ जेठ ७ गते १२:४१

पोखरा ।

Advertisement

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले मागेको विश्वासको मत माथिको छलफलमा नेकपा एमालेका सांसद विष्णुप्रसाद पौडेलले मात्र भाग लिएका छन् ।

सम्पूर्ण सत्ता पक्षको तर्फबाट एमालेका पाैडेलले बाेलेपछि सभामखु देवराज घिमिरेले छलफल सकिएकाे घोषणा गर्दै प्रधानमन्त्री दाहाललाई जवाफ दिन समय दिएपछि प्रधानमन्त्री पनि छोटो सम्बाेधन गरेका छन् ।

अहिले मत विभाजनको प्रकृया सुरु भएकाे छ ।

प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस लगायतका विपक्षी दलहरुको नाराबाजीका वावजुद प्रतिनिधि सभाको बैठक सुरु भएकाे थियाे ।

Advertisement

विपक्षीहरुले नाराबाजी जारी राखेको भए पनि प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले राेष्ट्रममै उभिएर विश्वासको मत मागेका थिए ।

उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेमाथि छानबिन गर्न संसदीय समितिको माग गर्दै कांग्रेसले बेल घेराउ गरिरहेकै अवस्थामा प्रधानमन्त्री मर्यादापालकको कडा सुरक्षाबीच रोष्ट्रम पुगेका थिए ।

अहिले पनि विपक्षीहरुले नाराबाजी जारी राखेका छन् ।

तपाईको प्रतिक्रिया