पोखरा लिंकनमा स्वागत
समाधान संवाददाता
२०८१ जेठ ७ गते १३:००

पोखरा ।
पोखरा ८ सिमलचौरमा रहेको पोखरा लिंकन इन्टरनेसनल कलेजमा तेस्रो ब्याचको एमबिएको पहिलो सेमेस्टारका विद्यार्थीलाई स्वागत तथा अभिमुखीकरण कार्यक्रम भएको छ ।
कार्यक्रममा प्राडा यादव शर्मा गौडेलले विद्यार्थीलाई देश र समाजप्रति उत्तरदायी बनाउन भूमिका खेल्नुपर्नेमा जोड दिए । उनले वैदेशिक रोजगारी र वैदेशिक शिक्षाभन्दा स्वदेशमै रोजगारी र शिक्षा दिने व्यवस्था गर्नुपर्नेमा जोड दिए ।
कलेजका संस्थापक शेरबहादुर गुरुङको अध्यक्षतामा भएको कार्यक्रममा कलेजका एमबिए कोअर्डिनेटर डा आशीषजंग थापा, संस्थापक पम्फा गुरुङ, डा देवीलाल शर्मा र एमबिए तेस्रो सेमेस्टारका सुशील थापा पनि बोलेका थिए ।
पोखरा लिंकनले एमबिए, बिबिए, बिएचएम र बिसिएस जस्ता कार्यक्रम सञ्चालन गरिरहेको छ ।
सम्बन्धित
तपाईको प्रतिक्रिया