गोल्डेन नेचर स्कुलमा हस्तलेखन
समाधान संवाददाता
२०८१ जेठ ७ गते १३:३६
पोखरा, ६ जेठ (समाधान)–पोखरा महानगरपालिका, वडा नं. ३०, खुदी–ढुंगेपाटनमा अवस्थित गोल्डेन नेचर बोर्डिङ स्कुलमा अंग्रेजी हस्तलेखन प्रतियोगिता भएको छ ।
कक्षा १ देखि कक्षा ३ सम्मका विद्यार्थीबीच भएको प्रतियोगितामा १ सय ९९ जना सहभागी थिए ।
प्रतियोगितामा बिबिशा गुरूङ प्रथम, कृशल रत्न द्वितीय, रोश्मा गर्बुजा र युभिक्षा प्रधान तृतीय स्थान र रिदम बसौला र इरुपा थापा सान्त्वना बने ।
कार्यक्रमको संयोजन शिक्षकद्वय होमराज गुरूङ र प्रभिना गुरूङले गरेका थिए । विद्यार्थीको हस्तलेखन क्षमता सुधार्न कार्यक्रम गरिएको हो ।
सम्बन्धित
तपाईको प्रतिक्रिया