नवनियुक्त मुख्यमन्त्रीको सपथ आजै, अपरान्ह ५ बजे पोखरा सभागृहमा हुने
समाधान संवाददाता
२०८१ जेठ १६ गते १५:०३

पोखरा ।
गण्डकी प्रदेशका नवनियुक्त मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले आजै पद तथा गाेपनीयताको सपथ खाँदैछन् । प्रदेश प्रमुखको कार्यालयले दिएकाे जानकारी अनुसार आजै अपरान्ह ५ बजे न्यूराेडस्थित पोखरा सभागृहमा सपथ ग्रहण समारोह आयोजना गरिएको छ ।
बुधबार अर्थात आजै प्रदेश प्रमुख डिल्लीराज भट्टले पाण्डेलाई मुख्यमन्त्री नियुक्त गरेका थिए ।
१४ जेठमा सर्वोच्च अदालतले मुख्यमन्त्री खगराज अधिकारीले विश्वासको मत बदर गर्दै उनी पदमुक्त हुने फैसला गर्दै पाण्डेलाई ४८ घण्टाभित्र मुख्यमन्त्री नियुक्त गर्न परमाआदेश गरेको थियो ।
पाण्डे संविधानको धारा १६८ ९३० बमोजिम मुख्यमन्त्रीमा नियुक्त भएका हुन् ।केन्द्रीय सत्ता समीकरण बदलिएसँगै २१ चैत २०८० मा राजीनामा दिएका थिए ।
सम्बन्धित
तपाईको प्रतिक्रिया