गण्डकी कलेजमा सूचना प्रविधि मेला हुने

पोखरा ।
पोखरा लामाचौरमा रहेको गण्डकी कलेज अफ इन्जिनियरिङ एन्ड साइन्स कलेजमा जिसिइएस आइटी एक्स्पो २०८१ जेठ २४ र २५ गते हुने भएको छ ।
सूचना तथा प्रविधिको विकास, विद्यार्थीहरुको प्रतिभा प्रस्फुटन गराउने उद्देश्यले सुचना प्रविधि मेला आयोजना गरिएको हो ।
विद्यार्थीहरूको प्रतिभा तथा सिर्जनशिलतालाई हौसला प्रदान गरिनुका साथै सफ्टवेयर इन्जिनियरिङ, कम्प्युटर इन्जिनियरिङ, इन्फरमेसन टेक्नोलोजीको बारेमा सामान्य व्यक्तिलाई समेत जानकारी गराउने उदेश्य एक्स्पोको छ ।
कार्यक्रमको पूर्वसन्ध्यामा जेठ २१ टेक्निकल टक कार्यक्रम र २२ गते अन्तर विद्यालय स्तरिय हाजिरी जवाफ प्रतियोगिता र २३ गते रक्तदान कार्यक्रम गरिने कार्यक्रम संयोजक ताराबहादुर थापाले बताए । कार्यक्रममा इन्फो डेभलपर्स प्रालि काठमाडौंका निर्देशक उमेश रघुवंशी आउने उनले जानकारी दिए ।
मेलामा प्रोजेक्ट प्रदर्शनी, कोडिङ प्रतिस्पर्धा, वृत्ति मेला, गेमिङ प्रतिस्पर्धा, फन गेम र खाद्य स्टलका साथै विभिन्न सांस्कृतिक कार्यक्रमहरु समावशे गरिएको एक्स्पोका अध्यक्ष विवेक भटराईले जानकारी दिए ।
मेलाले विद्यार्थीको प्रतिभामा निखार ल्याउने कलेजका सहायक प्राचार्य अशोकराज पराजुलीले बताए ।
सफ्टवयर तथा कम्प्यूटर इन्जिनियरिङ २०१९ ब्याच तथा जिसिइएस आइटी क्लबका विद्यार्थीहरुको सहकार्यमा मेला हुन लागेको हो ।
क्याम्पसमा स्नातक तहमा सफ्टवयर इन्जिनियरिङ, कम्प्यूटर इन्जिनियरिङ र स्नातकोत्तर तहमा ईन्फरमेशन सिस्टम इन्जिनियरिङको पढाइ हुन्छ ।
तपाईको प्रतिक्रिया