एमाले पोखराको नेतृत्वका लागि चुनाव निश्चित, दीपक र जीवन प्यानल बनाएरै प्रतिस्पर्धामा

समाधान संवाददाता २०८१ जेठ २० गते १३:१५

पोखरा ।

Advertisement

नेकपा एमाले पाेखरा महानगर पालिकाको दाेश्रो अधिवेशनले निर्वाचनबाटै नेतृत्व चयन गर्ने भएको छ । सर्बसम्मत नेतृत्व चयन गर्ने झिनो प्रयासलाई नेताहरुले चासो नदिएको भन्दै दुवै पक्ष निर्बाचनको तयारीमा होमिएको छ ।

उमेद्वार दर्ता प्रकृया समाप्त हुँदा निर्वाचनमा दुई समुह दुई वटा प्यानल बनाएरै निर्वाचनमा होमिएका छन् । एउटा समुहको नेतृत्व दीपक पौडेलले गरेका छन् भने अर्को समुहको नेतृत्व जीवन आचार्यले गरेका छन् ।

वडा नम्बर १६ का प्रतिनिधि रहेका जीवन आचार्यको प्यानलबाट उपाध्यक्षमा वडा नम्बर २६ का नरेन्द्र ढुङ्गाना, सचिवमा वडा नम्बर २० का शुसिल बस्नेत र उप सचिव द्वयमा वडा नम्बर १९ का बिष्णु गाैतम र वडा नम्बर ५ का हरिमाया विक उमेद्वार बनेका छन् ।

त्यस्तै वडा नम्बर १९ बाट प्रतिनिधि बनेका दीपक पौडेलको प्यानलबाट उपाध्यक्षमा वडा नम्बर २९ का मोहन गुरुङ, सचिवमा वडा नम्बर २८ का दिनेशबाबु खड्का र उपसचिवद्वयमा वडा नम्बर १७ का लालबहादुर राना र वडा नम्बर ८ कि किरण गौतम उमेद्वार बनेका छन् ।

Advertisement

सदस्यहरुमा पनि प्यानलै बनाएर उमेद्वारी दिइएको प्रतिनिधिकहरुले जानकारी दिएका छन् । अध्यक्षका प्रत्यासी जीवन पोखरा महानगर कमिटीका सचिव हुन् भने दीपक पोखरा महानगर कमिटीका पूर्व अध्यक्ष हुन् ।

निर्बाचन समितिले भाेलि साेमबार विहान ६ बजेदेखि मतदानको कार्यक्रम राखेको छ । विद्युतीय भोटिङ्ग म्याशिनबाट मतदान हुने भएकाले भोलि नै परिणाम सार्बजनिक भैसक्ने निर्बाचन समितिले जनाएको छ ।

तपाईको प्रतिक्रिया