विन्ध्यवासिनी माविमा गुनासो पेटिका

समाधान संवाददाता २०८१ जेठ २० गते १३:३४

पोखरा ।

Advertisement


पोखराको बाटुलेचौरस्थित विन्ध्यवासिनी माध्यमिक विद्यालयलाई गुनासो पेटिका हस्तान्तरण गरिएको छ । विद्यालयको शैक्षिक गुणस्तर थप वृद्धिका लागि अभिभावक तथा विद्यार्थीबाट प्राप्त सुझाव, सल्लाह र गुनासो संकलन गर्ने उद्देश्यले पेटिका हस्तान्तरण गरिएको हो ।


उक्त पेटिका बालहितकारी परियोजना नेपालका प्रतिनिधि संगीता कोइरालाले विद्यालय व्यवस्थापन समितिका ज्येष्ठ सदस्य गुरूदत्त भट्टराई र प्रधानाध्यापक कृष्णप्रसाद आर्चायलाई हस्तान्तरण गरे । त्यस अवसरमा बाल क्लब, मनिटर, शिक्षक, कर्मचारी, अभिभावकबिच गुनासो पेटिका प्रयोगका बिच अन्तक्र्रियासमेत भएको छ ।


कार्यक्रममा समितिका ज्येष्ठ सदस्य भट्टराईले विद्यालयको शैक्षिक विकासमा सबै पक्षको सहयोग अपरिहार्य रहेको बताए ।

विद्यालयकस प्रधानाध्यापक कृष्णप्रसाद आर्चायले परियोजनाले महत्वपूर्ण कार्यक्रम आयोजना गरी सहयोग गरेकोमा आभार व्यक्त गरे । कार्यक्रममा सहभागीले गुनासो पेटिकामा प्राप्त सुझावलाई कार्यान्वयन गर्न सुझाव दिएका थिए ।

Advertisement

तपाईको प्रतिक्रिया