प्रधानमन्त्री दाहाललाई पाेखरामा सहकारी पीडितले कालाे झन्डा देखाए

समाधान संवाददाता २०८१ जेठ २३ गते १६:१४

पोखरा ।

Advertisement

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई सहकारी पीडितले कालो झण्डा देखाएका छन् । बुधबार दाहाल कार्यक्रममा सहभागी हुन आएका बेला पोखरा सभागृहको गेटमा सहकारीपीडितले नाराबाजी गरेका हुन् ।

सहकारीपीडित र प्रहरीबीच झपडपसमेत भएको छ । झडपमा २ जना सहकारी पीडित ३० वर्शे अनुराधा श्रेष्ठ र ७८ वर्शे भिमप्रसाद चपाई घाइने भएका छन् । प्रहरीले नाराबाजी गर्ने केहीलाई नियन्त्रणमा लिएको छ ।

नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का अध्यक्ष प्रधानमन्त्री दाहाल पार्टीको गण्डकी प्रदेश समितिले आज पोखरा सभागृहमा आयोजना गर्ने प्रदेशस्तरीय कार्यकर्ता प्रशिक्षण कार्यक्रममा सहभागी हुन पोखरा आएका हुन् ।

Advertisement

तपाईको प्रतिक्रिया