रत्नशोभा माविको प्रधानाध्यापकमा न्यौपाने

लेखनाथ ।
पोखरा महानगरपालिका वडा नम्बर २८ स्थित रत्नशोभा माध्यमिक विद्यालयको प्रधानाध्यापकमा किरणबाबु न्यौपाने नियुक्त भएका छन् । विद्यालयको व्यवस्थापन समितिको मंगलबारको बैठकले न्यौपानेलाई प्रधानाध्यापक नियुक्त गरेको हो ।
२०५० सालदेखि शिक्षण पेशामा लागेका न्यौपानेले २०६० सालमा मावि तहको तृतीय श्रेणीमा विज्ञान विषयमा स्थायी नियुक्ति लिएका थिए । २ वर्ष अस्थायी विद्यालय निरीक्षकको समेत अनुभव संगालेका न्यौपानेले १२ वर्ष सम्म सामुदायिक विद्यालयमा सहायक प्रधानाध्यापकको जिम्मेवारीको अनुभव संगालेका छन् । न्यौपाने २०८१ मा मावि तह विज्ञान विषयमा द्वितीय श्रेणीमा बढुुवा भएका थिए । स्नातक तहमा गणित विज्ञान र गणित विषयमा एमएससीको योग्यता हासिल गरेका न्यौपाने विषय विज्ञ समेत हुन् ।
२०७१ सालमा प्रधानाध्यापकको रुपमा जिम्मेवारी बहन गर्दै आएका पोखरा महानगरपालिका वडा नम्बर २८ माझठानाका गोपालबहादुर बुढाथोकीले स्वास्थ्य अवस्थाका कारण स्वेच्छिक रुपमा प्रधानाध्यापकको पदबाट दिइएको राजीनामा विद्यालय व्यवस्थापन समितिले स्वीकृत गरेको थियो । न्यौपानेलाई प्रधानाध्यापक पदमा नियुक्त गरिएको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष कृष्णप्रसाद तिमिल्सिनाले जानकारी दिए ।
पोखरा २८ का वडाध्यक्ष श्रीकृष्ण लामिछानेले विद्यालयलाई यहाँसम्म ल्याउन महत्वपूर्ण योगदान प्रदान गर्ने निवर्तमान प्रधानाध्यापक गोपालबहादुर बुढाथोकीलाई धन्यवाद दिँदै नवनियुक्त प्रधानाध्यापक न्यौपानेलाई बधाई ज्ञापन गरेका थिए ।
वडाध्यक्ष लामिछानेले आफ्नो क्षमतालाई शिक्षण सिकाइमा प्रयोग गर्दै विद्यार्थीहरुलाई आफ्ना छोराछोरी सम्झेर अध्यापन गर्न सम्पूर्ण शिक्षकहरुलाई आग्रह गरे ।
विद्यालय व्यवस्थापन समितिका अध्यक्ष कृष्णप्रसाद तिमिल्सेनाले नवनियुक्त प्रधानाध्यापक न्योपानेलाई बधाई दिँदै विद्यालय यहाँसम्म ल्याउन योगदान गर्ने निवर्तमान प्रअ गोपालबहादुर बुढाथोकीलाई धन्यवाद दिएका थिए ।
निवर्तमान प्रधानाध्यापक बुढाथोकीले आफ्नो कार्यकालमा विद्यालयको शैक्षिक तथा भौतिक उन्नयनका लागि सक्दो प्रयास गरेको सुनाए । नवनियुक्त प्रधानाध्यापक किरणबाबु न्यौपानेले आफूमा भएको ज्ञान, सिप र दक्षता विद्यालयमा प्रयोग गरी अगाडि बढ्ने प्रतिबद्धता व्यक्त गरे ।
विद्यालय व्यवस्थापन समितिका अध्यक्ष कृष्णप्रसाद तिमिल्सेनको अध्यक्षतामा भएको संयुक्त बैठकमा शिक्षक पूर्णबहादुर खत्रीले विद्यालय निर्माणका क्रममा निवर्तमान प्रधानाध्यापकको उच्च योगदान रहेको स्मरण गरे । खत्रीले नवनियुक्त प्रधानाध्यापक न्यौपानेलाई बधाईसहित शुभकामना पनि दिए ।
तपाईको प्रतिक्रिया