मुख्यमन्त्रीलाई विश्वासको मत दिएका मनाङे र देवकोटालाई मन्त्री पुरस्कार

समाधान संवाददाता २०८१ जेठ २९ गते १२:२४

पोखरा ।
गण्डकी प्रदेशका भौतिक पूर्वाधार तथा यातायात व्यवस्थामन्त्री दीपक मनाङे (राजीव गुरुङ) र ऊर्जा, जलस्रोत तथा खानेपानी मन्त्री फडिन्द्र देवकोटाले मंगलबार शपथ लिएका छन् ।

Advertisement

मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले आफूलाई विश्वासको मत दिएका उनीहरुलाई मन्त्री बनाएका हुन् । फणीन्द्र पहिलोपटक र मनाङे छैटौँपटक मन्त्री बनेका हुन् । प्रदेशसभाको दोस्रो कार्यकालमा मात्रै मनाङे दुईपटक मन्त्री बनिसकेका छन् ।

सुरुमा सुरेन्द्रराज पाण्डे अल्पमतमा परेपछि मनाङे भौतिक पूर्वाधार तथा यातायात व्यवस्थामन्त्री बनेका थिए । पाण्डे सरकार ढलेपछि पनि मनाङे खगराज अधिकारी सरकारमा सोही मन्त्रालयमा दोहोरिए ।

तपाईको प्रतिक्रिया