पोखरा आदर्श स्कुलमा अंग्रेजी हस्तलेखन

समाधान संवाददाता २०८१ जेठ ३० गते १३:४५

पोखरा ।

Advertisement

पोखरा महानगरपालिका वार्ड न.१ बगरमा अवस्थित पोखरा आदर्श सेकेन्डरी स्कुलमा अतिरिक्त कार्यकलाप अन्तर्गत अंग्रेजी हस्तलेखन प्रतियोगिता भएको छ ।


मंगलबार भएको प्रतियोगितामा कक्षा नर्सरीबाट आर्य आचार्य प्रथम र समृता अधिकारी द्वितीय भएका छन् ।

एलकेजी, युकेजी र कक्षा १ देखि १० सम्म क्रमशः सायम सुनार, कृश्चल छिनाल, आयन आचार्य, निश्मा आचार्य, प्रकृति थापा, कृष्ण जिसी, सुशान्त परियार, सुजल बास्तोला, समीक्षा छन्त्याल, सन्जित खड्का, आस्मा सुनार र सारा तामाङले प्रथम स्थान हासिल गरे ।

Advertisement

तपाईको प्रतिक्रिया