विद्यालय पोसाक तथा स्टेसनरी सामग्री वितरण

समाधान संवाददाता २०८१ जेठ ३१ गते १५:५८

पोखरा ।
सिद्धार्थ क्लब पोखराले रुपा गाउँपालिका वडा नम्बर ५ को वीरेन्द्र आधारभूत विद्यालयमा विद्यालय पोशाक तथा स्टेशनरी सामग्री वितरण गरेको छ । विद्यालयका २२ जना बालबालिकाहरुका लागि विद्यालय पोशाक (सर्ट, पाइन्ट/फर्क एक एक जोर) का साथै आवश्यक कापी, पेन्सिल, इरेजर, कटर, लगायत शैक्षिक सामग्री, सहयोग गरिएको थियो ।

Advertisement


कार्यक्रममा सहयोग गरिएको पोशाक चिप्लेढुंगा पोखरा निवासी समाजसेवीद्वय युगेन पालिखे र मन्दिरा श्रेष्ठबाट सौजन्य प्राप्त भएको थियो । कार्यक्रममा रुपा ५ का वडासदस्य रामकृष्ण बसौलाले क्लबले विद्यालयलाई गरेको सहयोग प्रति धन्यवाद व्यक्त गरे ।


सिद्धार्थ क्लबका अध्यक्ष इन्दिरा मर्सानी श्रेष्ठले कार्यक्रमले सरकारी विद्यालयमा विद्यार्थीहरुको संख्या वृद्धिदरमा सहयोग पुर्‍याउने विश्वास व्यक्त गरिन् । कार्यक्रममा विद्यालयका प्रधानाध्यापक शोनाकुमारी यादवले कार्यक्रमले विद्यार्थीहरुको पठनपाठनमा सहयोग पुग्ने भनाइ राखिन् ।

क्लबका सचिव विनोदप्रसाद श्रेष्ठले सञ्चालन गरेको कार्यक्रममा प्रथम उपाध्यक्ष देवेन्द्र पराजुलीले स्वागत र निर्देशक रवि मर्सानीले कार्यक्रममाथि प्रकाश पारेका थिए ।

Advertisement

तपाईको प्रतिक्रिया