गण्डकी प्रदेश सभाको पहिलो कार्यकालमा सांसद पद गुमाएका थापा

पोखरा ।
गण्डकी प्रदेश सभाको दोस्रो कार्यकाल चलिरहँदा सांसदको पदमुक्तिको दोस्रो घटना भएको छ । पहिलो कार्यकालमा राष्ट्रिय जनमोर्चाका एकजना सांसद कृष्ण थापा पदमुक्त भएका थिए । उनले समेत त्यतिबेला पार्टीको ह्विप नमानेपछि सांसद पद गुमाउनुपरेको थियो । यसपालिका नेपाल समाजवादी पार्टीका नेता फणीन्द्र देवकोटाले सांसद पद गुमाएका हुन् ।
राजमोका थापाले संस्थापक मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङको समर्थन गर्दा पद गुमाउनुपरेको थियो । त्यति बेला कांग्रेस, माओवादी, राजमो र जसपा सबै गुरुङ सरकारको विपक्षमा गएका थिए । तर राजमो सांसद कृष्ण थापाले कम्युनिस्ट सरकार ढालेर कांग्रेसको सरकार बनाउने कुराको विरोध गरे । २०७७ वैशाख १५ गते गुरुङका विरुद्धको अविश्वास प्रस्तावको पक्षमा मत हाल्न थापाले इन्कार गरेका थिए ।
त्यसपछि राजमोले उनलाई कारबाही ग¥यो । तर पछि सर्वाेच्चले उनलाई थमौती गरेको थियो । फेरि अर्काेपटक जेठमा गुरुङले विश्वासको मत लिँदा थापा पार्टी ह्विप विपरीत तटस्थ बसे । उनलाई राजमोले सांसदबाट निस्कासन गर्यो ।
उनी कानुनी उपचारमा सर्वाेच्च गए । तर प्रदेश सभाको कार्यकालै सकिँदा पनि सर्वाेच्चले थापाको मुद्दा किनारा लगाउन भ्याएन । थापाको सांसद पद गएको गयै भयो । पछिल्लो समय थापा बागलुङको जैमिनीस्थित पुख्र्यौली थलोमै खेतीपाती गरिरहेका छन् ।
तपाईको प्रतिक्रिया