मदरल्याण्ड फुटसल उपाधि भद्रकालीलाई

समाधान संवाददाता २०८१ असार ४ गते १५:२९

पोखरा ।
पोखरा ७ मासबार रहेको मदरल्याण्ड माविले आयोजना गरेको दोस्रो मदरल्याण्ड एसइई कप फुटसल प्रतियोगिताको उपाधि भद्रकाली माविले जितेको छ । भद्रकालीले फाइनलमा गोगन माविलाई हराउँदै उपाधि सहित नगद ३० हजार सहित ट्रफी, मेडल र प्रमाणपत्र हातपार्न सफल भयो ।


उपविजेता बनेको गोगन माविले नगद २० हजार सहित ट्रफी, मेडल र प्रमाणपत्रमा चित्त बुझायो । त्यसै गरी तेस्रो हुँदै ब्रम्हरुपा माविले नगद १० हजार र चौथो हुँदै मदरल्याण्ड माविले नगद ५ हजारसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गरे ।


प्रतियोगिताका विजेतालाई मदरल्याण्ड माविका प्रिन्सिपल नारायण बराल, विद्यालयका प्लस टु कोडिनेटर नारायण आचार्य लगाएतले पुरस्कार वितरण गरे । तीन दिनसम्म चलेको प्रयितोगितामा निजी र सामुदायिक विद्यालयबाट एसईई दिएका विद्यार्थीका ७२ टिमले भाग लिएका थिए ।

Advertisement

तपाईको प्रतिक्रिया