एनसेलमा रोजाइको मोबाइल नम्बर लिन पाइने

९ लाखभन्दा बढी नम्बरहरुबाट मोबाइल नम्बर छान्न पाइने

समाधान संवाददाता २०८१ असार ४ गते १६:००

काठमाडौं ।
एनसेलले ‘मेरो नम्बर, मेरै च्वाइस’ योजना सञ्चालनमा ल्याएको छ । अब ग्राहकले आफूलाई मनपर्ने अन्तिमको ६ वटा अंक रोजेर आफ्नो मोबाइल नम्बर आफै बनाउन सक्छन् ।


यो योजनाको मोबाइल नम्बर ९७०५ नम्बर रेन्जबाट सुरु हुन्छ । विशेष सधैं अन नम्बर प्राप्त गर्न चाहने ग्राहकहरूले अन्तिम ६ अंक आफै रोजेर आफ्नो विशिष्ट मोबाइल नम्बर बनाउन सक्छन् ।

ग्राहकले सिधै एनसेल एप वा एनसेल वेबसाइटमा गएर ‘मेरो नम्बर, मेरै च्वाइस’ क्लिक गरी आफूले चाहेको मोबाइल नम्बरको पछिल्लो ६ अंक उपलब्ध भए नभएको सजिलै हेरेर तत्काल अनलाइन बुकिङ गर्न सक्छन् ।

Advertisement


हाल प्रयोग गर्दै आएको मोबाइल नम्बरको पछिल्लो ६ अंक मिल्ने गरी नयाँ मोबाइल नम्बर लिन सकिने सुविधा यो योजनाको प्रमुख विषेशता हो । ‘मोबाइल नम्बर हाम्रो पहिचान बनि सकेको छ,’ एनसेलका चीफ कमर्सियल अफिसर उमेर मोहसिनले भने, ‘आफूलाई जीवरभर यादगार रहने नम्बरका आधारमा आफ्नै मोबाइल नम्बर रोज्न सकिने यो विशेष योजना सञ्चालनमा ल्याउन पाउँदा हामी एकदमै खुसी छौं ।

जन्म मिति, वैवाहिक वर्षगाँठ दिन वा अन्य कुनै विशेष नम्बरसँग मिलाउन सकिने

Advertisement

ग्राहकले आफूलाई मात्र नभई आफ्नो नम्बरसँग मिल्नेगरि परिवारजन र साथीभाईलाई पनि यस्तो नम्बर रोजिदिन सक्छन् । यो एक सेवा मात्र नभई सम्बन्धहरुलाई थप प्रगाढ बनाउने माध्यम पनि हो ।’


यस योजना अन्तर्गत, ९७०५ रेन्जबाट मोबाइल नम्बर छनोट गर्न ९ लाखभन्दा बढी मोबाइल नम्बर उपलब्ध छन् । एनसेलले फस्ट कम, फस्ट सर्भ बेसिसमा उपलब्ध नम्बरहरु वितरण गर्नेछ । यो सिम एनसेलले हाल सञ्चालन गरिरहेको ‘सधैं अन’ प्लान अन्तर्गत ५ सय ९९ देखि १४ सय ९९ रुपैयाँसम्मको प्लानमा बन्डल सेवाका रुपमा उपलब्ध गराउने छ ।


सधैं अन योजनाका प्लानहरु अन्तर्गत ग्राहकहरूले भ्वाइस, डेटा, निशुल्क सामाजिक सञ्जाल डेटा र एसएमएस सेवा पाउँछन् । ८१२३३ डायल गरेर ‘सधैं अन’ प्लानहरू सुचारु गर्न सकिन्छ । बुकिङ गरिएको सिम ग्राहकले देशभर फैलिएका एनसेलका ३२ वटा एनसेल सेन्टरमध्ये कुनै पनि सेन्टरमा गई लिन सक्नेछन् । काठमाडौं उपत्यकाको हकमा उपाय कार्गो सेवामार्फत होम डेलिभरी गराएर पनि यो सिम लिन सकिन्छ ।

बुकिङ गराएको नम्बर ७ दिनभित्र नलिए सो नम्बर बुकिङको सूचीबाट स्वत हट्नेछ र सो नम्बर अरु ग्राहकले पनि लिन सक्नेछन् । एनसेलको ‘मेरो नम्बर, मेरै च्वाइस’ योजना अन्तर्गत ग्राहकहरूले नम्बर मात्र रोज्दैनन्, उनीहरुले आफ्नो विशेष सम्झनाको १ सिम अर्थात नम्बर सधैं आफ्नो साथ बोक्नेछन् ।

तपाईको प्रतिक्रिया