ढकाल राप्रपा केन्द्रीय सल्लाहकार मनोनित

समाधान संवाददाता २०८१ असार ५ गते १५:४२

पोखरा ।
पोखरा महानगर पालिका–६ बैदाम निवासी गणेशबहादुर ढकाल राष्ट्रिय प्रजातन्त्र पार्टी(राप्रपा)को केन्द्रीय सल्लाहकार मनोनित भएका छन् ।

Advertisement

राप्रपाका केन्द्रीप अध्यक्ष राजेन्द्र लिङ्देलले ढकाललाई सल्लाहकार मनोनयनपत्र हस्तान्तरण गर्दै सम्मान गरेका थिए । सल्लाहकार मनोनित ढकाल विद्यार्थी राजनीतिबाट राजनीति सुरु गरी राप्रपा जिल्ला सचिव हुँदै कास्कीको कार्यवाहक अध्यक्ष बनेका थिए ।


ढकाल सामाजिक काममा पनि सक्रिय छन् । ढकालले हालसम्म कुनै पनि लाभको पद नलिएका र कास्की राप्रपाको निष्ठावान कार्यक्रताको रुपमा चिनिन्छन् ।

तपाईको प्रतिक्रिया