नेसनल क्रियसनमा हाजिरीजवाफ
समाधान संवाददाता
२०८१ असार ५ गते १६:०५
पोखरा ।
नागढुंगामा रहेको नेसनल क्रियसन एकेडेमीमा अन्तरसदानात्मक हाजिरीजवाफ भएको छ । वार्षिक शैक्षिक क्यालेन्डर अन्तर्गत उक्त कार्यक्रम सम्पन्न भएको हो ।
कक्षा ७ देखि १० सम्मका विद्यार्थीहरुले भाग लिएको कार्यक्रम सञ्चालन शिक्षक सुदामा रेग्मीले गरेका थिए । कार्यक्रमम नीलो सदन प्रथम, पँहेलो सदन द्वितीय र हरियो सदन तृतीय भएका थिए ।
कार्यक्रम समापनमा बोल्दै विद्यालयका प्रअ ज्ञानेन्द्रबहादुर थापाले अतिरिक्त क्रियाकलापले विद्याथीको सर्वाङ्गीण विकासमा टेवा पुग्ने र अहिलेको युगमा विविध विषयमा ज्ञान हुन जरुरी रहेको बताए ।
सम्बन्धित
तपाईको प्रतिक्रिया