स्टेप बाई स्टेप माविमा हाजिरजवाफ

पोखरा ।
स्टेप बाई स्टेप मावि मासबार, पोखराले आफ्नो वार्षिक कार्यतालिका अनुसार कक्षा ८ देखि १० कक्षासम्मका विद्यार्थी बिच हजिरीजवाफ प्रतियोगिता गरेको छ ।
प्रतियोगितामा सलिना भण्डारी, आयुष्मा कँडेल, निश्चल पौडेल र एलन भट्टराई रहेको ग्यालिलियो सदन प्रथम भएको छ । डिप्लव कुँवर, राशिका श्रेष्ठ, कुशल भुसाल र विल्सन न्यौपाने रहेको आइन्सटाइन सदन द्वितीय भएको छ । त्यसैगरी रसिला कार्की, दृश्य देवकोटा, असिम गैह्रे र सन्दिप पौडेल रहेको मार्कोनी सदन तृतीय भएको छ ।
कार्यक्रममा विद्यालयका संस्थापक प्रिन्सिपल निर्मला बरालले विद्यार्थीको चौतर्फी विकासका निम्ति विद्यालयले यस्ता विभिन्न क्रियाकलाप गर्दै आएको बताइन् ।
संस्थापक निर्देशक रमाकान्त बरालले आजका विद्यार्थी भोलिका राष्ट्र निर्माता भएकाले यस्ता कार्यक्रमले विद्यार्थीहरुलाई पछि लोकसेवा, शिक्षा सेवा, प्रहरी सेवा जस्ता विभिन्न क्षेत्रमा प्रवेश गर्न सहज हुने र उनीहरुको बौद्धिक प्रखरतामा वृद्धिहुने विश्वास व्यक्त गरे ।
कार्यक्रममा कुइच मास्टरका रुपमा विद्यालयका विज्ञान विभाग प्रमुख तथा अतिरिक्त क्रियाकलाप प्रमुख युवराज लामिछाने र अंग्रेजी विभाग प्रमुख रुपेश पौडेल थिए ।
तपाईको प्रतिक्रिया