पदमुक्त भएका सांसद फणीन्द्रद्वारा सर्वोच्चमा रिट दायर

समाधान संवाददाता २०८१ असार ६ गते १८:०६

पोखरा ।

Advertisement

नेकपा माओवादी केन्द्रले कारबाहीका कारण पदमुक्त भएका गण्डकी प्रदेशसभाका पूर्व सदस्य तथा पूर्वमन्त्री फणीन्द्र देवकोटाले आफ्नो पुनर्बहाली माग गर्दै सर्वोच्च अदालतमा रिट दायर गरेका छन् । जेठ ३२ गते पदमुक्त भएका उनले बिहीबार सर्वोच्च अदालतमा रिट हालेका हुन् ।

माओवादी संसदीय दलले लगाएका हि्वप उल्ल‌घन गर्दै जेठ २८ गते देवकोटाले मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेलाई विश्वासको मत दिएका थिए । सोही कारण माओजवादी केन्द्रले उनलाई सांसद नरहने गरी आफ्नो संसदीय दलको सदस्यबाट निस्कासनको कारबाही गरेको थियो । त्यस आधारमा सभामुख कृष्णप्रसाद धितालले प्रदेशसभामा जेठ ३२ गतेको सभामा पढेर देवकोटा पदमुक्त भएको सुनाएका थिए ।

माओवादीको चुनाव चिन्ह लिएर देवकोटा गोरखा २ (१) बाट प्रदेश सभा सदस्य निर्वाचित भएका थिए । उनी बाबुराम भट्टराई नेतृत्वको नेपाल समाजवादी पार्टीको पोलिटब्युरो सदस्य हुन् । नेपालको राजनीतिक दल सम्बन्धी ऐन अनुसार उनी प्रदेश सभामा चाहि माओवादीको संसदीय दलको सदस्य थिए । तर पार्टीचाहिँ नेसपा भएको हुँदा उनले आफूलाई माओवादीले कारबाही गर्न नमिल्ने भन्दै सांसदमा पुनर्बहालीको मागसहित सर्वोच्च गएका हुन् ।

Advertisement

तपाईको प्रतिक्रिया