भाेलीदेखि एसएमइ एक्सपो

समाधान संवाददाता २०८१ असार १२ गते १७:११

पोखरा ।

पोखरामा साना तथा मझौला व्यवसायी महासंघ नेपालले एसएमइ एक्सपो गर्ने भएको छ । असार १३ देखि १७ गतेसम्म साना तथा मझौला व्यवसायी संघ कास्कीसँगको सहकार्यमा एक्सपो आयोजना गरिएको हो ।


पोखराको नयाँबजारस्थित प्रदर्शनी केन्द्रमा हुने एक्सपो तयारी अन्तिम चरणमा पुगेको छ । मेलामा नेपालमा उत्पादित सामग्रीको स्टल रहने महासंघका अध्यक्ष हरि पराजुलीले जानकारी दिए । अल्लोबाट उत्पादित सामग्रीदेखि मौलिकता झल्काउने वस्तु एक्स्पोमा राखिनेछ ।

Advertisement


५० बढी स्टल रहने मेलामा निशुल्क स्टल उपलब्ध हुनेछ । पराजुलीका अनुसार लत्ताकपडा, दैनिक उपभोग्य घरायसी सामग्री, खाद्यन्न, डेरी, वनमा आधारित फाइबर बेसका उत्पादन, काष्ठ तथा धातुजन्य, हस्तकलाका सामग्री, पशुपंक्षी, फ्लोरिकल्चर लगायतका सेवा र वस्तु स्टलमा हुनेछन् ।


देश विदेशबाट साँस्कृतिक नृत्य, लोकदोहोरी गीत प्रतियोगितासँगै चर्चित लोकदोहोरी कलाकारले प्रस्तुति राख्नेछन् । एक्सपो गण्डकी प्रदेशका सामाजिक विकास मन्त्री विन्दुकुमार थापाले उद्घाटन गर्ने तय छ । एक्सपो गर्न ७० लाख खर्च हुने अनुमान छ ।

Advertisement

तपाईको प्रतिक्रिया