न्यासनल इन्भेन्टिभका विशालको ४ जिपिए

समाधान संवाददाता २०८१ असार १३ गते १७:४२


पोखरा ।

Advertisement

लेकसाइड स्थित न्यासनल इन्भेन्टिभ स्कुलका विद्यार्थी विशाल खत्रीले यो वर्ष प्रकाशित माध्यमिक शिक्षा परीक्षाा एसइइमा ४ जिपिए प्राप्त गरेका छन् ।

स्कूलका सहप्राचार्य विक्रम पौडेलका अनुसार ४० जना सहभागी भएकोमा सबै जना सबै विषयमा समुत्तीर्ण भएका छन्। ४ जिपिए ल्याउने खत्री सानैदेखि उत्कृष्ट र लगनशील विद्यार्थी रहेको विद्यालयले जनाएको छ ।

राष्ट्रिय परीक्षा बोर्ड, परीक्षा नियन्त्रण कार्यालयले बिहीबार सार्वजनिक गरेको एसईईको नतिजामा कुल विद्यार्थीमध्ये ४७.८६ प्रतिशत विद्यार्थीमात्रै उत्तीर्ण भएका छन् । तीमध्ये नेपालभरबाट १८६ जनाले ४ जीपीए ल्याएका हुन् ।

Advertisement

तपाईको प्रतिक्रिया