बालोदय माध्यमिक विद्यालयबाट सभ्यताको ४ जिपिए
समाधान संवाददाता
२०८१ असार १३ गते २०:१०

पोखरा ।
पोखरा महानगरपालिका वडा नम्बर १७ बिरौटामा रहेको बालोदय माध्यमिक विद्यालयकी छात्रा सभ्यता लामिछानेले एसइईमा ४ जिपिए ल्याएकी छन् ।
विद्यालयको अतिरिक्त क्रियाकलापमा समेत उत्कृष्ट लामिछानेले ४ जिपिए ल्याएर एसइई पास गरेकी हुन् । कक्षा १० को माध्यमिक शिक्षा परीक्षा, २०८० मा सहभागी लामिछानेले ४ जिपिए ल्याउँदा अभिषेक लामिछाने, मन्जिल पौडेल, संकल्प ढकाल, सुविन्द्र सारु र लिलेन थापाले ३.९५ जिपिए ल्याएका छन् ।
विद्यालयका अन्य २१ जनाले ३.६ देखि ३.९, १३ जनाले ३.२ जिपिए देखि ३.६ र ६ जनाले २.८ देखि ३.२ जिपिए ल्याएको विद्यालय प्रशासनले जनाएको छ ।
सम्बन्धित
तपाईको प्रतिक्रिया