स्याङ्जामा पहिरोले घर पुरिंदा आमाछोरीको मृत्यु

समाधान संवाददाता २०८१ असार १५ गते ९:२५

पोखरा ।
स्याङ्जाको फेदीखोला गाउँपालिका ५ बाँगेमा पहिरोले घर पुरिंदा आमाछोरीको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालय स्याङ्जाका अनुसार शुक्रबार राति साढे ११ बजे आएको बाढीले घर बगाउँदा दुर्गा जिटी र उनकी तीन वर्षीया छोरीको मृत्यु भएको हो ।

सुतिरहेको बेला ढुंगामाटोले बनाएको र टिनले छाएको १ तले घर २५ मिटर माथिबाट खसेको पहिरोले उनीहरुलाई पुरेको प्रहरीले जनाएको छ ।


घर नजिकै रहेको गोठमा रहेको १ भैसी समेत मरेको प्रहीरीले जनाएको छ ।

Advertisement

तपाईको प्रतिक्रिया