लुम्लेमा यौनिकता शिक्षा

पोखरा ।
नेपाल परिवार नियोजन संघ कास्कीको आयोजनामा कास्कीको लुम्लेमा दुई दिने बृहत्त यौनिकता शिक्षासम्बन्धी तालिम सुरु भएको छ ।
प्रज्ञा युथ फोरमको सहयोग र लियो डिस्ट्रिक काउन्सिल ३२५ जे नेपालको समन्वयमा आयोजित तालिममा ३० जनाको सहभागिता रहेको नेपाल परिवार नियोजन संघ कास्कीका सभापति नवीन सिग्देलले जानकारी दिए ।
तालिम उद्घाटन गर्दै अन्नपूर्ण गाउँपालिकाका प्रमुख विष्णुबहादुर केसीले समय परिवर्तन हुँदै जाँदा जनताका आवश्यकता पनि बदलिएको उल्लेख गरे । उनले अन्नपूर्ण गाउँपालिका नेपाल परिवार नियोजन संघ कास्की सँगको सहकार्यमा स्वास्थ्यसम्बन्धी कार्यक्रम सञ्चालन गर्ने तयार रहेको उल्लेख गरे ।
केसीले गाउँपालिकाले शिक्षा र स्वास्थ्यलाई प्राथमिकतामा राखेर अघि बढेको बताए । अन्नपूर्ण गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत विष्णुप्रसाद पोख्रेलले समाज रुपान्तरणका लागि युवाको नेतृत्वदायी भूमिका आवश्यक रहेको जनाए ।
शिक्षा, युवा तथा खेलकुद महाशाखा प्रमुख बलराम भुगाइँले मानिसको जीवनका लागि शिक्षा र स्वास्थ्य अत्यावश्यक रहेको उल्लेख गरे ।
त्यस अवसरमा नेपाल परिवार नियोजन संघ कास्कीका वरिष्ठ शाखा प्रवन्धक नवराज तिवारी र लियो डिष्ट्रिक काउन्सिल ३२५ जे नेपालका जनसम्पर्क अधिकृत विजय त्रिपाठी, कोषाध्यक्ष विष्णुप्रसाद दाहाल लगायतले बोलेका थिए ।
तपाईको प्रतिक्रिया