कास्की जिम्न्यास्टिक च्याम्पियन

समाधान संवाददाता २०८१ असार १७ गते ११:२०

पोखरा ।
तेस्रो गण्डकी प्रदेश स्तरीय खुला जिम्न्यास्टिक प्रतियोगितामा कास्की जिल्ला जिम्न्यास्टिक संघ च्याम्पियन भएको छ । प्रदेश खेलकुद परिषद गण्डकी प्रदेशको आयोजना तथा गण्डकी प्रदेश जिम्न्याष्टिक संघको व्यवस्थापनमा भएको प्रतियोगितामा पुरुष र महिला दुवैतर्फ प्रथम हुदै कास्की जिल्ला जिम्न्याष्टिक संघ च्याम्पियन भएको हो ।


पुरुषतर्फ कास्की प्रथम हुँदा कान्तिपुर जिम्न्यास्टिक क्लब दोस्रो र पर्वत जिल्ला जिम्न्यास्टिक संघ तेस्रो भए । त्यसैगरी महिलातर्फ कास्की जिल्ला जिम्न्याष्टिक संघ प्रथम, अञ्जुली जिम्न्यास्टिक क्लब दोस्रो र स्याङ्जा जिल्ला जिम्न्यास्टिक संघ तेस्रो भए । प्रतियोगिताको जुरीमा योगेन्द्र गुरुङ, सोमबहादुर शाही, दिल जैसी, क्या ताराप्रसाद श्रेष्ठ र रवीन्द्र तझ्याकाजी थिए ।


विजयी खेलाडीलाई प्रदेश खेलकुद परिषद गण्डकी प्रदेशका सदस्य सचिव श्रीधर शर्मा, गण्डकी प्रदेश जिम्न्यास्टिक संघका अध्यक्ष योगेन्द्र गुरुङ, उपाध्यक्ष राजु केसी, खेल संयोजक तथा कोषाध्यक्ष राजु कायस्थले ट्रफी, मेडल र प्रमाण पत्र वितरण गरे ।

Advertisement


गण्डकी प्रदेश जिम्न्यास्टिक संघका अध्यक्ष योगेन्द्र गुरुङको अध्यक्षतामा भएको कार्यक्रममा उपाध्यक्ष राजु केसी, खेल संयोजक तथा कोषाध्यक्ष राजु कायस्थ र सचिव प्रकाशचन्द्र सापकोटा कास्की जिल्ला जिम्न्याष्टिक संघका सचिव गौतम चौधरीले बोलेका थिए ।

Advertisement

तपाईको प्रतिक्रिया