१ सय ३७ युनिट रगत संकलन

समाधान संवाददाता २०८१ असार १७ गते १२:१३

पोखरा ।
२६ औं स्थापना दिवसको अवसरमा धादिङ पोखरा सम्पर्क समाजले शनिबार खुला रक्तदान कार्यक्रम गरेका छ । समाजको २१ औं रक्तदान कार्यक्रममा १ सय ३७ युनिट रगत संकलन भएको अध्यक्ष रामप्रसाद पाण्डे ‘राजु’ले जानकारी दिए ।


गण्डकी प्रदेश सभाका सदस्य प्रकाश बरालले रक्तदाता बोधराज बस्याललाई ब्लड व्याग हस्तान्तरण गरी कार्यक्रमको उद्घाटन गरे । उनले शरीरमा खेरा जाने रगत दान गर्दा मानिस स्वस्थ बन्ने बताए । आफू नियमित रक्तदाता भएको उल्लेख गर्दै उनले स्वास्थ व्यक्तिको रक्तदानले धेरैको ज्यान जोगाउन सकिने चर्चा गरे । उनले धादिङ जन्म भई पोखरामा बस्ने बासिन्दालाई कुनै असहजता भए सहजीकरण गर्ने उल्लेख गरे ।


‘रक्तदान जीवनदान, जीवनदान महादान’ भन्ने नाराका साथ भएको कार्यक्रममा समाजका वरिष्ठ उपाध्यक्ष सरस्वती श्रेष्ठ ‘सरु’ महासचिव हरि पन्त, सचिव दिनेश तुलाधार, समाजका निवर्तमान अध्यक्ष गोकर्ण लम्साल, समाजका पूर्वअध्यक्षहरु कृष्णबहादुर लम्साल, कृष्णकुमार श्रेष्ठ, पूर्वउपाध्यक्ष कमलबहादुर पाण्डे, नेपाल स्वयं सेवी रक्तदाता समाज कास्कीका पूर्वअध्यक्ष जितेन्द्रमान शाक्य, कार्यक्रम संयोजक युनिक बानियाँ, धादिङ त्रिपुरासुन्दरी महिला समूहका वरिष्ठ उपाध्यक्ष बिन्दा धरेल लगायतले रक्तदानको महत्वबारे बोलेका थिए । ‘धादिङ पोखरा सम्पर्क समाजको चाहाना, निस्वार्थ समाज सेवाको भावना’ भन्ने नाराका साथ समाज पोखराको सामाजिक क्षेत्रमा क्रियाशील छ ।

Advertisement

तपाईको प्रतिक्रिया