महेन्द्र माविको अक्षयकोषमा सहयोग

समाधान संवाददाता २०८१ असार १९ गते १६:१२

पोखरा ।
लायन्स क्लब अफ पोखरा चौतारीले महेन्द्र माध्यमिक विद्यालय घार्मीमा अक्षयकोष स्थापना गरेको छ ।

Advertisement

ग्रामीण क्षेत्रमा रहेका सामुदायिक विद्यालयको शैक्षिक सुधार गर्ने हेतुले क्लबका अध्यक्ष परशुराम पौडेलले आफ्ना मातापिता दण्डपाणि/भीमकलाको स्मृतिमा ५१ हजार राशिको शैक्षिक अक्षयकोष स्थापना गरेका हुन् ।


लायन्सका एरिया जोन प्रमुख सूर्यप्रसाद बराल र क्लब अध्यक्ष पौडेलले ५१ हजार रुपैयाँको चेक विद्यालयका अध्यक्ष बैकुण्ठ पौडेल तथा प्रधानाध्यापक वासुदेव पौडेललाई हस्तान्तरण गरे ।

कार्यक्रममा जोन प्रमुख बरालले सामाजिक सेवाको क्षेत्रमा लायन्स क्लब अग्रणी संस्था रहेको बताए । क्लबका अध्यक्ष पौडेलले आफ्नो सहयोगले विद्यालयका बालबालिकाको शैक्षिक सुधारमा केही हौसला मिल्ने विश्वास व्यक्त गरे ।


कार्यक्रममा क्लबका निवर्तमान अध्यक्ष ऐनबहादुर ऐर, पूर्वअध्यक्ष सञ्जीवबहादुर कोइराला, मोहनबाबु खड्का, राजेन्द्र कार्की, शरदकुमार सापकोटा, रामचन्द्र अधिकारी, विद्यालयका अध्यक्ष वैकुण्ठ पौडेल, प्रधानाध्यापक वासुदेव पौडेल, सल्लाहकार महेश्वर पौडेल लगायतले बोलको थिए ।

Advertisement


सोही अवसरमा विद्यालयले माध्यमिक शिक्षा परीक्षा उत्तीर्ण विद्यार्थीलाई बधाईसहित सम्मान समेत गरेको छ । उत्कृष्ट जिपिएसहित उत्तीर्ण भएका असीम सुनार, विजय पौडेल, निश्चल सुनार, मञ्जित सुनार, प्रगति सुनार र झरण गर्बुजालाई विद्यालयका अध्यक्ष वैकुण्ठ पौडेल, प्रधानाध्यापक वासुदेव पौडेल, सल्लाहकार महेश्वर पौडेल, शिक्षक सरद सापकोटाले सम्मान गरेका हुन् ।

तपाईको प्रतिक्रिया