उत्कृष्ट विद्यार्थीलाई वालिङ नगरपालिकाको सम्मान

समाधान संवाददाता २०८१ असार २१ गते १०:५२

पोखरा ।
जिल्लाको वालिङ नगरपालिकाले २०८० को एसइई परीक्षामा उत्कृष्ट नतिजा ल्याउने विद्यार्थीलाई सम्मान गरेको छ । नगरपालिकाभित्रका सामुदायिक तथा निजी विद्यालयबाट उत्कृष्ट नतिजा ल्याउने ३/३ विद्याथीलाई बुधबार सम्मान गरिएको हो ।

Advertisement


नगरपालिकाले सामुदायिक विद्यालयतर्फ प्रथम हुने पूर्णामृत भवानी माध्यमिक विद्यालयका दिप्सन न्यौपाने (३.९२ जिपिए)लाई १५ हजार नगद पुरस्कारसहित प्रमाणपत्र, सोही विद्यालयका दुर्गाबहादुर क्षेत्री (३.७७) लाई १० हजार नगदसहित प्रमाणपत्र र रणवीर जनहित माध्यमिक विद्यालयका विटुकुमार यादव (३.७४) लाई नगद ५ हजारसहित प्रमाणपत्र प्रदान गरिएको छ ।


निजीतर्फ नेपाल आदर्श माध्यमिक विद्यालयका दुर्गादेवी रेग्मी र पिस जोन इन्ट्रिग्रेटेड ऐकेडेमीका समीर सिंहले समान ३.९२ जिपिए ल्याएर प्रथम भएका छन् । उनीहरुलाई जनही १५ हजार नगदसहित प्रमाणपत्र, वालविद्या विकास माध्यमिक विद्यालयका दिविसा खनाल (३.८५)लाई १० हजार नगदसहित प्रमाणपत्र र पायोनियर हायर एजुकेसन एकेडेमीका सुजाता श्रेष्ठ (३.८४) लाई नगद ५ हजारसहित प्रमाणपत्र प्रदान गरिएको छ ।


नगरपालिकाले २०७९ मा सामुदायिकतर्फ पूर्णामृत भवानी माध्यमिक विद्यालयकी समीक्षा भुषाल र राजीव पंगेनी र संस्थागततर्फ पिस जोन इन्ट्रिग्रेटेडकी संगिता भुषालले उत्कृष्ट नतिजा ल्याएकोमा उनीहरुलाई समेत नगदसहित सम्मान गरेको छ ।


सामुदायिक तथा संस्थागत विद्यालयमा पढ्ने विद्यार्थीको क्षमता वृद्धि गर्ने उद्देश्यले विद्यार्थीलाई सम्मान तथा पुरस्कृत गर्ने नीति लिएको वालिङ नगरपालिकाकी उपप्रमुख कविता तिवारीले जानकारी दिइन् । नगरपालिकाको शैक्षिक गुणस्तर खस्कदै गएकोप्रति चिन्ता व्यक्त गर्दै उपप्रमुख तिवारीले सामुदायिक विद्यालयमा कार्यरत शिक्षकलाई सरकारको लगानी अनुरुप नतिजा सुधार्न आग्रह गरिन् ।

Advertisement


शिक्षा क्षेत्रमा नगरपालिकाले सिटिइभिटी थुमपोखरामा अध्ययन गर्न चाहने १४ जनालाई नगरपालिकाले पूर्ण छात्रवृत्तिको व्यवस्था गरेको जानकारी दिइन् । वालिङ नगरपालिकाबाट शैक्षिक सत्र २०८० मा २६ विद्यालयबाट ८ सय २३ विद्यार्थी एसइई परीक्षामा सहभागी भएका थिए । तीमध्ये ४ सय १८ जना पास भएका थिए ।

तपाईको प्रतिक्रिया